जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार १०:३१

पोषिलो खानेकुरासहित घरघरमै पुगेर सुत्केरी भेटदै उपमेयर


इटहरी, भदौ १५ । चालु आर्थिक वर्षमा पनि इटहरी उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम सुरु गरिएको छ । यस कार्यक्रम अन्तर्गत उपमेयर लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर भेट गर्नुभएको छ ।

स्वास्थ्यकर्मीको टोलीसहित सुत्केरीहरुका घर पुगेर भेटनुभएको हो । इटहरी अस्पतालमा प्रसुती गराएका महिलाको घरमै पुगेर भेटघाट गर्ने उपमेयर सुत्केरी भेट कार्यक्रम विगतका वर्षहरुदेखि नै संचालनमा आएको छ । अहिलेसम्म २८ जनालाई भेटेको उपमेयर लक्ष्मी गौतमले वताउनुभयो । गौतमका अनुसार अव भने कहिले आउने भनेर सुत्केरी स्वयंले फोन गरेर वाटो हेर्न थालेका छन ।

कोरोनाका कारण घरमुलीले कमाउन नपाएको अवस्थामा उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रमले आफूहरुलाई राहत र हौसला मिलेको एक सुत्केरीले वताउनुभयो ।