जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १०:५७

नेकपा सचिवालय बैठक यसकारण सर्यो


काठमाडौं, भदौ १८

सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को सचिवालय बैठक अपरान्ह ३ बजेसम्मका लागि सरेको छ । विहान ११ बजे बोलाइएको बैठक अपरान्हसम्मका लागि सरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा विशेषगरी कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका विषयमा छलफल गर्ने कार्यसूचि रहेको छ । तर, पछिल्लो समय नेकपामा अन्य विवाद देखिन थालेपछि त्यसमा सचिवालय बैठक अगावै एउटा समझदारी बनाउने प्रयास भईरहेको स्रोतको दावी छ ।

पूर्वनिर्धारित ११ बजेको समयबाट बैठक ३ बजेलाई सारिएको नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा कार्यदलका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्द्धन शर्मा र शंकर पोखरेल पनि सहभागी हुने बताइएको छ । त्यस्तै राष्‍ट्रिय सभामा राष्‍ट्रपतिबाट मनोनित हुने सदस्यको चयनबारे छलफल हुने सचिवालय बैठकको एजेण्डा छ ।