जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार ११:३८

रामचन्द्र पौडेललाई एकाविहानै राजसंस्थाको याद आएपछि…


काठमाडौं, भदौ १८

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमा बिहिवार विहान एउटा फोटो सेयर गर्नुभएको छ । फोटो कुन समयमा लिएको भनेर उहाले उल्लेख त गर्नुभएको छैन । तर, सो फोटो राजसंस्था कालको हो भनेर प्रष्ट हुन्छ ।

फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । फोटोमा तत्कालिन राजा विरेन्द्रले पानसमा दियो बालिरहनु भएको छ भने ज्ञानेन्द्र शाह अगाडी बसेर हेरिरहनु भएको छ । रामचन्द्र पौडेल भने अलिक पछाडी बसेर ताली पिटिरहनु भएको छ । उहा दुई जनाको बीचमा अलिक पछाडी देखिनु भएको छ । तत्कालिन युवराज दीपेन्द्र पनि फोटोमा देखिनु भएको छ ।

यो त भयो फोटोको बर्णन । तर, उहाले सो फोटो राख्दै सामाजिक सञ्जालमा लेख्नु भएको छ,‘इतिहास जिवित रहन्छ ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ ! पहिचानको नाममा इतिहास मेटाउने काम गर्नु हुदैन ।’