जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार ११:५१

पूर्वमन्त्री महेश बस्नेतको सह्रानीय काम : प्रहरीलाई आफ्नै मोटरसाइकल प्रदान


भक्तपुर, भदौ १८ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले प्रहरीलाई आफ्नै मोटरसाइकल पदान गर्नुभएको छ । नेकपाका नेतासमेत रहनुभएका पूर्वमन्त्री बस्नेले सूर्यविनायक नगरपालिका ७ स्थित गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो ।

उहाँले सो प्रभागका प्रमुखलाई मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभएको छ ।