जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १३:०२

निषेधाज्ञालाई लिएर सिडिओसँग रिसाए उपत्यकाका मेयर : सच्याउन दिए यति कडा अल्टिमेटम


काठमाडौं, भदौ १८ । स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौं उपत्यकाका मेयरहरुले कडा आपत्ति जनाएका छन । काठमाडौं र ललितपुर महानगरसहित उपत्यकाका १८ ओर्ट नगरपालिका आवद्ध संस्था मेयर फोरमले आज बिज्ञप्ती नै जारी गरी स्थानीय प्रशासनको निर्णयमा कडा आपत्ति जनाएका हुन । मेयर फोरमले विज्ञप्ती निकालेर संघीय सरकारको तर्फबाट उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको खुकुलो निषेधाज्ञाको विरोध गरेको हो ।

फोरमले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाध रुपमा काम गर्नदिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने बताएको छ । फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो ।

हिजो बसेको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको बैंठकले निर्माण क्षेत्रमा काम गर्ने व्यवसाय र त्यससँग सम्बन्धीत काम गर्ने व्यवसायीहरुलाई दिउँसो २ बजेदेखि ९ बजेसम्म पसल तथा व्यवसाय खोल्न दिने व्यवस्थाको बिरोध गरेको हो । फोरमले यस्तो निषेधाज्ञाले कोरोना संक्रमण झनै बढने बताएको छ ।

हेर्नाेस बिज्ञप्ती