जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १५:१२

सरोकारवालालाई थाहा नै नदिई को आयो मच्छिन्द्रनाथको रथ तान्न ?


काठमाडौं, भदौ १८

निषेधाज्ञाकै बीच युवाहरूको समुहले रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेपछि प्रहरीसँग झडप भएको छ । कोरोना महामारीलाई गिज्याउदै ठुलो संख्यामा रथ तान्न थालेपछि गुठि संस्थानले नै अनभिज्ञता प्रकट गरेको छ ।

ठुलो हुल जम्मा भएपछि ललितपुर महानगरपालिका, गुठि संस्थान, १९ जातीय संगठनले अनविज्ञता प्रकट गरेका छन् । ठुलो भिड जम्मा हुन थालेपछि त्यस क्रममा प्रहरीसँग भएको झडपमा प्रहरीले अश्रुग्यासमेत प्रहार गरेको छ । युवाहरूले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रहरीले रथ तान्न नदिने भन्दै रोक्न खोजे पनि युवाहरूले जबरजस्ती रथ तान्न सुरु गरेका थिए । पुल्चोकस्थित रथ राखिएको स्थानबाट रथ करिब २०–३० फिट तानेपछि प्रहरीले पुनः रोकेको थियो । ठूलो संख्यामा परिचालित प्रहरीले रथ तान्न र हेर्न जम्मा भएको भीड नियन्त्रण गर्न अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले पानीको फोहोरा समेत हानेको छ । आज रथ तानेर गावहालसम्म पुर्‍याउने तयारी गरिएकोमा प्रहरी रोकेपछि पुल्चोकमै रोकिएको छ ।