जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १६:२२

रथ तान्ने युवाको अमानविय कार्य, ट्राफिक प्रहरीमाथी निर्घात कुटपिट


ललितपुर, भदौ २०

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको एक अराजक समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् ।

कोभिड–१९ (कोरोना भाइरस)को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए ।

कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । हामीले यो भिडियो यहाँ सेयर गरेका छौं ।

यस्ता भिडियोले तपाईलाई विचलित पनि गराउन सक्छ । तसर्थ हामी यो चेतावनीसहित भिडियो हालेका छौं । ताकी दोषी जो कोही भएपनि सत्यतथ्य छानबिन गरेर कारवाही होस् ।