जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १८:०७

नेकपा सचिवालयले गर्यो दुई निर्णय : पार्टी निर्णयअनुरुप राष्ट्रियसभामा बामदेवको नाम सिफारिश हुने


काठमाडौं, भदौ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बहुचर्चित बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतम पार्टी निर्णयअनुरुप राष्ट्रियसभा सदस्यमा सिफारिश हुने जानकारी गराउनु भएको छ ।

‘बैठकमा प्रधानमन्त्रीले उपाध्यक्ष बामदेव गौतम कमरेडलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने जानकारी गराउनु भएको छ,’ बैठकपछि प्रधानमन्त्रीका प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहनुभएका नेकपा प्रचार बिभागका उपप्रमुख सूर्थ थापाले भन्नुभयो ।

आजको सचिवालय बैठकमा बिवाद समाधानकालागि गठित महासचिव बिष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गरेको छ । बैठकले कार्यदलको प्रतिवेदनमा ठोश कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ ।

तस्विर : राजन काफ्ले, प्रधानमन्त्रीको नीजि सचिवालय