जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार १८:२०

लक्ष्मी बैंकको अध्यक्षमा रमन नेपाल


काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल चयन हुनुभएको छ । बुधवार बसेको बैंक सञ्चालक समिति बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बुधmवार नै विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिनुभयो । अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त हुनुभएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । बैंक तथा बित्तीय क्षेमा उहाँ अनुभवि र क्षमतावान ब्यक्तिका रुपमा स्थापित हुनुहुन्छ ।