जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार २०:११

प्रधानमन्त्री आफैले लिनुभयो अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी


काठमाडौं, भदौ १९

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैले लिनु भएको छ । दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका डा.युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री आफैले सो मन्त्रालय लिनु भएको हो ।

प्रधानमन्त्रीकै सिफारिसमा उहाले नै सम्हाल्नेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।