जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १२:५१

अव पालो देशलाई गर्ने


शोभा काफ्ले खतिवडा

मनको उज्यालो म यहीँ पोखी दिऊँ कि !
जगतको समृद्धि यहीँ खोजी दिऊँ कि !!
म यो देशमा सुन्दर बिरुवा एक लगाई !
समुन्नत रजको बीऊ पो रोजी दिऊँ कि !!

छन शैल हाम्रा यी धनले समृद्ध बनेका !!
हिमाल पाहाड, तराइको गहना भिरेका !
मृतिका यो हाम्रो छ है ईश्वरको रुपमा
हरेक लेक बेशी छन है कुवेरकोनै उपमा !!

हरेक कुञ्जमा अमृत रुख बिरुवा छन !!
मृग सावकहरु खेल्ने हो है हाम्रो उपबन !
यार्सा र गुर्जो फल्ने हाम्रा हरहिमालमा !
खर्क र झर्ना छन यहाँ लाखौ,करोडमा !!

डाँफे र मुनाल देशको गीत सँधै गाउँछन !
चौँरी यति मेरो धराको शोभा बढाउँछन !!
घामले हेर त कसरी लिप्छ देशको माटो !
रातमा दीप बाल्दछ चन्द्र मायाँको साटो !!

मनको बन्द दैलोलाई खोलेर अब त हेर !
सत्ताको सँघार छोड देशको दैलो खोल !!
यहाँ वेदका ध्वनी ऋचामा नै गुन्जिन्छन !
पशुपति, मुक्तिनाथले ॐकार गाउँछन !!

तिमी हर पथको माली बनेको हौ कि हैनौ !
नेपालीलाई खुशी दिन्छु भनेको छौ कि छैनौ !!
दुखिलाई दिन्छु र …लाई लान्छु है भन्ने !
बचन दिनु हुन्न भन्ने बुझेको छौ कि छैनौ !!

यसैले यो मेरो पत्र मात्र तिमी नबुँझिदेऊ !
यो हो भाव नेपालीको भनेर पनि पढिदेऊ !!
अफ्नो खुशी त्यागेर बुद्ध ज्ञानी बनिदेऊ !
नेपाल बनाउन बरु ज्यानको नै बली देऊ !!