जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार ११:१७

नेपालमै शुरु भयो मोटरसाइकलको व्यवसायिक उत्पादन


काठमाडौं, भदौ २१

नेपालमै व्यवसायिक रुपमा मोटरसाइकल उत्पादन शुरु भएको छ । शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सले बाराको सिमराबाट मोटरसाइकलको एसेम्बल शुरु गरेको हो ।

दुई महिना परीक्षण उत्पादन गरेपछि गएको बुधबारबाट टिभिएस मोटरसाइकलको एसेम्बल शुरु गरेको जानकारी कम्पनीले दिएको छ । सो मोटरसाइकलहरु अब नेपाली बजारमा आउनेछ । एक अर्ब लगानी गरेर काम शुरु गरेको कम्पनीले शुरुमा एक सय जनालाई रोजगारी दिएको छ ।

नेपालमै एसेम्बल शुरु गरेपनि तत्कालै मोटरसाइकलको मूल्यमा धेरै फरक नहुने बताइएको छ । थप उद्योग खोल्न सकेमात्र उपभोक्तालाई मूल्य सस्तो पर्ने बताइएको छ । कम्पनीले एक वर्षभित्र टीभीएसको मोटरसाइकल, स्कुटर र तीन पाङ्ग्रे रिक्साको एसेम्बल समेत यही गर्ने जनाएको छ ।