जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार ११:०७

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने एक व्यक्तिमा कोरोना पुष्टि


काठमाडौं, भदौ २२

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथका विषयमा प्रहरीसँग भएको झडपमा पक्राउ परेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पक्राउ परेका व्यक्ति ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोग लागेको छ ।

कुटपिट प्रकरणमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको महानगरीय प्रहरी परिसर, ललितपुरले जानकारी दिएको छ । उनलाई म्याद थप गर्नुअघि पिसीआर परीक्षण गरिएको थियो ।

ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ पर्ने गरेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ ।