जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार ११:३९

२४ गतेपछि मालपोत खुलाउने तयारी


काठमाडौं, भदौ २२

काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । २४ गतेपछि पनि निषेधाज्ञा थप हुँदा पनि मालपोत कार्यालयहरु भने खुलाउनका लागि तयारी सुरु भएको छ । लामो समय मालपोत कार्यालयहरु बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेको भन्दै भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले यस्तो तयारी गरेको हो ।

२४ गते पछाडि निषेधाज्ञा थप भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने गरी कसरी खोल्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि यस विषयमा छलफल चलिरहेको जानकारी दिनुभएको छ ।

काठमाडौं उपत्यका बाहेकका जिल्लाहरुमा सम्बन्धित स्थानीय प्रशासनले भने अनुसार नै मालपोत कार्यालयहरुले सेवा दिने भएपनि काठमाडौंका विषयमा भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले सुनाउनुभयो ।