जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १२:०१

काठमाडौंकै बुद्धनगरमा सैलुन सञ्चालक भेटिए मृत


काठमाडौं, भदौ २२

काठमाडौंको बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् । आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा शव भेटिएको छ । हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताउनुभयो । बाराको निजगढ स्थायी घर भएका ठाकुर एक दशकदेखि बुद्धनगरमा सैलुन चलाउँदै आउनुभएको थियो ।