जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १४:४५

ओली सरकारले सच्यायो देउवा सरकारको निर्णय : तीन बर्षपछि खुल्यो जग्गाको कित्ताकाट (निर्णयसहित)


काठमाडौं, भदौ २२ । सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउनु भएको हो ।

२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गर्नुभएको थियो । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गर्नुभएको हो । ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको मन्त्रालयको निर्णयमा भनिएको छ ।

मन्त्री अर्यालको निर्णयलगत्तै मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभागलगायतमा यो निर्णय परिपत्र गरिसकेको छ । देशभर परेको समस्या र सुझावका आधारमा मन्त्री अर्यालले कित्ताकाट खुल्ला गर्ने निर्णय लिनुभएको हो ।