जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १४:३९

माछा मार्न गएका युवा खोलाले बगाएर बेपत्ता


किमाथाङ्का, भदौ २२

संखुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका युवा खोलाले बगाएर बेपत्ता भएका छन् । संखुवा खोलाले बगाउँदा सिलिचोङ–२ दाङखिदाका ३० वर्षीय सुवास कुलुङ बेपत्ता भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको संखुवा खोलामा माछा मार्न गएका ३० वर्षीय कुलुङलाई आइतबार बिहान ९ः३० बजे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो ।

बेपत्ता भएका कुलुङको खोजी कार्य जारी रहेको सिलिचोङ गाउँपालिका–२ का वडाध्यक्ष मोहनशमशेर कुलुले बताउनुभयो। खराब मौसमका कारण खोजी कार्यका समस्या भएको र सोमबार पनि खोजी कार्य जारी रहने बताइएको छ ।