काठमाडौं, भदौ २२
महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उजुर गरेकी छिन् ।
महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार दार्चुला घर भएका जवानलाई बलात्कार उद्योग मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्