जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १६:२९

पुल्चोकमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने थप ५ जनामा पनि कोरोना संक्रमण


काठमाडौं, भदौ २२

ललितपुरको पुलचोकमा बिहीवार रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण देखा परेको छ । यसअघि एक जनामा र पछि थप पाँच जनामा संक्रमण देखिएको हो ।

उनीहरूमा कोरोना भाइरसको पुष्टि भएको जानकारी ललितपुर महानगरीय परिसरका डिएसपी सन्तोश तामाङले जानकारी दिनुभयो । विहीवार झडप हुँदा एक ट्राफिक प्रहरी घाइते हुनुभएको थियो ।

मत्यसेन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँगको झडपमा डिउटीबाट मोटरसाइकालमा आउँदै गरेका ट्राफिक प्रहरीमाथि केही युवाले कुटपिट गरेको भिडियो समाजिक सञ्जजालमा राखिए पछि त्यसको निकैआलोचना भएको थियो । यसैबीच, पक्राउ परेका व्यक्तिलाई छुटाउन दवाव दिदै जिल्ला प्रशासन कार्यालयमा दबाव दिने युवालाई प्रहरीले त्यहाबाट हटाएको छ ।