जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १३:४६

दोषी भए जस्तोसुकै सजाय भोक्न तयार छु


जनता टाईम्स अनलाइन पत्रिकामा मिति २०७७/५/२० गते सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा एक जना किशोरीलाई एक घन्टासम्म बन्दक बनाएर बार्हबिसे नगर प्रमुख निमफुन्जो शेर्पालाई बलात्कार अभियोगमा फसाउन खोजीएको भनी मुख्य ग्रानडिजाईनर समेत मलाई आरोप लगाइ समाचार समेत आएकोले नगर प्रमुखले लगायको कुनै पनि तथ्य प्रमाण नभई समाचारमा एक्कासि आउँदा दुःख र मेरो आत्मा सम्मान ठेस पुगेको छ । म यसै जनता टाईम्समार्फत यस्तो तल्लो स्तरको बद्नामि ब्यक्तिगत रूपमा चरीत्र हत्या हुने खालको क्रियाकलाप कसैले गर्न नहुने यस्ता कार्य गर्नेहरू जोकोही भए पनि कानुनी दण्ड सजाय दिनु पर्छ भनी सम्बन्धि निकायलाई अनुरोध गर्दछु ।

चुनौतीका साथ भन्न र दिन चाहन्छु प्रमाण देउ ? प्रमाण छ भने किन सामाजिक संजालमा कायर भएर प्रचारबदि गर्नु हुन्छ ? म दोषी भए जस्तोसुकै सजाय भोक्न तयार छु । होला राजनितीक सिद्धान्त , बिचार र सोच फरक हाला तर समाज र राष्ट्र सकारात्मक परिवर्तन गर्ने उदेश्य सबैको एक्कै हो , तर नगर प्रमुख ज्यु र केही नेकपा का नेता, कर्याकर्ताहरुले नगर भित्रको कालो कर्तुत लुकाउन दिन प्रति दिन आफुहरू नाङ्गिने डरले नेपाली कांग्रेसको नेता ( कर्याकर्ताहरुलाई मात्र नभई आफ्नो पार्टी भित्रको मानिसहरुलाई समेत थर्काउने र विना प्रमाण आरोप लगाई बदनाम गराउने र मुद्दा लगाउने क्रियाकलाप सबैमा सर्बवित नै छ ।

आजको दिनमा आएर यस्ता घिन लाग्दो कुचक्र रचेर दुख दिने काम गरि रहेको छ । कु रणनीतिले आफ्नो कालो कर्तुत लुकाउनु देह सपना मात्र हुनेछ छ । त्यसैले नगर प्रमुखज्यु एउटा विद्यार्थी नेतालाई जिस्काउने काम नगर्नुस,आउनुस स्थानिय तहलाई बिकास गर्न, काम गर्न र बिचारको प्रतिस्पर्धा गरौं ? तपाईसंग जस्तोसुकै प्रतिस्पर्धा गर्न तयार छु । होइन भने तपाई गलत क्रियाकलाप नगरी अबको दिनहरु लाई आनन्द र रमाइलो गरि रितायर जिन्दगी बिताउनुस र मलाई भबिस्य बनाउन र समाज परिबर्तन गर्न अबरोध नगर्नुस भनी आग्रह समेत गर्दछु ।

अन्तमा आदरणीय मेरा सुभेच्क्षुक मानुभावहरू र आफन्त जनहरुमा यस्ता आरोपहरुमा कुनै पनि सत्यता नभएको हुँदा बिस्वास नगर्न र भ्रम नपर्ने यसै अन्लाईनवाट अनुरोध गर्दछु ।

हेमन्त श्रेष्ठ, बाह्रबिसे, सिन्धुपाल्चोक