काठमाडौं, भदौ २४
नेपालमा बन्दाबन्दीको समयमा २ हजार बढी मानिसले आत्महत्या गरेका छन् । चैत १० देखि साउन ४ गतेसम्म २ हजार २१८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २७९ जनाले आत्महत्या गरेका छन् । यो संख्या २०७५/ ७६ को भन्दा ९.१२५ प्रतिशतले बढी हो । जसमा महिलाको तुलनामा पुरुषले धेरै आत्महत्या धेरै गरेको तथ्यांकले देखाएको छ ।
२०७६/७७ मा ३ हजार ४१९ पुरुष, २ हजार १९७ जना महिला, ४१० बालिका र २५२ जनाले आत्महत्या गरेका थिए । विश्वमा आत्महत्या रोकथामका लागि हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ ।आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नाराका साथ यो वर्ष पनि विभिन्न जनचेतनामुलक कार्यक्रम भइरहेका छन् ।
दिवसका अवसर पारेर मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कोशिशले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा सहभागिहरुले आत्महत्याको कारणलाई पहिचान गरि समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।
कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले आत्महत्याको कारण पहिल्याएर नीतिगत पहलकदमी लिन पर्ने बताउनुभयो । प्रहरी पूर्व डिआइजी पिताम्बर अधिकारीले पिडा, समस्या असफलतालाई जोडेर मुक्तिका लागि आत्महत्या रोजिरहेको पाइएकाले सर्वप्रथम व्यक्तिको समस्या समाधानतर्फ लाग्नपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्