कालिकोट, भदौ २४
भत्किएका वालहरु, प्वाल परेका टिनका छाना । तिनै टिनका प्वालबाट छिरेको पानीले कैदीबन्धीहरुलाई राति निद्रा लाग्दैन् । वरिपरी काँडेतारले बारिएको पर्खालमा चिरा, चिरा परेको छ । त्यहि चिरा–चिरा परेको पर्खालभित्रका भवन पनी झन जिर्ण छन् । कारागारमा रहेका ५० जना कैदीले कुन दिन पर्खाल भत्किएर सवैको एक चिहान हुने हो भन्ने डरले बसिरहेका छन् । पुरुष १५ जना र महिला १० जना सम्मको क्षमता भएको उक्त भवनमा अहिले ५० जना कैदीबन्दीहरु छन् ।
कैदीबन्दीहरु दिनप्रतिदिन थपिदै जाने क्रम झन–झन बढ्दो छ । तर भवनहरु जिर्ण अवस्थामा छन् । कुन दिन भवन भत्किएर सवैको एक चिहान हुन्छ, कसैलाई थाहा छैन । जिल्ला कारागर कालिकोटका जेलर नरबहादुर सार्कीले भने स्थानिय सरकार, प्रदेश सरकार, संघीय सरकारलाई हारगुहार गर्दा पनी कसैले चाँसो देखाउदैनन् । भवनको बाहिरी वाल ठाउँ ठाउँमा चिरा परेको छ । कोरोनाको महामारी भन्दा पनि भवन भत्किएर कुन दिन के हुने हो ? यस विषयमा धेरै चिन्ता रहेको जेलर सार्कीले बताए ।
कैदीबन्धीका रहर यो जुनि पुरा हुँदैनन्
जिल्ला कारागार कालिकोट बन्दीगृहमा रहेकी धनकला विकलाई श्रीमानको हत्या गरेको अरोपमा अदालतले २० वर्ष जेल सजाय सुनायो । उनका ४ वर्ष जेलमा विते । उनलाई दशैं तिहार जस्ता नेपाली चाडपर्वको रहर धेरै भएपनी मनमै इच्छा सिमित छन् । आफ्नो श्रीमानको हत्या आफुले नगरेको भनेर बयान दिए पनि कसैले उनको गुनासो सुनेनन् ।
आँखाभरी आँसुका थोपा टिलपिल गदै अव १६ वर्ष जेल सजाय भोगेर गएभने बास्तविक अपराधी पत्ता लगाउने र कारवाहीको माग गर्ने बताईन । सवै घरपरिवारसँगै बसेर खाने, रमाउने, चाडपर्व मनाउने रहर भएपनी यो जिवन जेल भित्रै वित्छ । अर्को जुनी पुर्न जन्म लिए भने आफन्तसंग रमाउछु, भन्दै धनकला धर्किएर रोइन् । यस्तै ज्यान केशमा परेका अर्का बन्दी मान बहादुर सार्कीलाई पनि २० वर्ष जेल सजाय छ ।
उनका ९ वर्ष कारागारमा वितिसके अवका ११ वर्ष उनका कारागारको जिर्ण भवनमा विताउनु पर्नेछ । कति बेला भवन भत्किएर मर्ने हो थाहा छैन । उनले भने महामारी भन्दा पनी भवन भत्किने हो की भन्ने डर मनमा छ । उनी पनि दशैं तिहार जस्ता चाडपर्वमा फोनबाट आवाज सुनेर आफन्तको आर्शिवाद लिने गरेको सुनाउछन ।
मनभरी पिडा, आँखाभरी आँसु, बोल्न सक्ने अवस्थामा थिएनन् अधिकांश कैदीबन्दीहरु । सवैको अनुहार दशै तिहार आउदा प्राय निन्याउरो नै देखिन्थ्यो । कारागारका कैदीबन्दीका अनुसार सवैले आएर राहत स्वरुप फलफुल दिएपनि, अन्य सामाग्रीहरु दिएपनि भवनको बारे कसैले सोचेनन् ।
प्रतिक्रिया दिनुहोस्