जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १९:०५

एक बर्षमै जोगियो झण्डै एक अर्व


काठमाडौं, भदौ २४ । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनबाट एक बर्षमा मुलुकको एक अर्व भन्दा बढी जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउनु भएको सो पाइपलाइन परियोजना सुरु भएको एक वर्ष पूरा हुँदा ढुवानीबापत बार्षिक खर्च हुँदै आएको सो रकम जोगिएको हो ।

नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ । उक्त परिणामको डिजेल आयात गर्दा यसअघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको हो ।

प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको गत वर्ष आजकै दिन (भदौ २४) प्रधानमन्त्री ओली र भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीले बिद्युतीय माध्यम अर्थात भर्चुअल बैठकमार्फत उदघाटन गर्नुभएको थियो । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा भएको भारत भ्रमणको क्रममा यो परियोजना अघि बढेको थियो भने निर्माण कार्य सम्पन्न भई गत बर्ष आजकै दिन उदघाटन भएको हो ।

आयाल निगम अमलेखगञ्जको तथ्यांक अनुसार यो एक वर्षमा पाइपलाइनबाट दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल भित्रिएको छ । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीको भनाई छ । भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको हो ।

बरौनी र अमलेखगञ्जको तापक्रममा तीन डिग्रीको फरक रहेको र यसको नोक्सानी एउटा ट्यांकरमा ४५ लिटर बराबर हुने गथ्र्या । यसका अलवा इन्धन चोरी र ट्यांकरका हुने घट्दा थप फाइदा भएको निगमले जनाएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण इन्धन खपत काम हुँदा पाइलाइन झैं पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पुर्ण सञ्चालनमा आउँदा पाइपलाइनबाट वाषिर्क डेढ अर्ब जोगिने अनुमान छ ।