जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १९:३२

धरापमा पर्यो एसपी रविराज खडकाको जागिर


काठमाडौं, भदौ २४ । नेपाल प्रहरीका एक जना प्रहरी उपरीक्षक (एसपी) बिरुद्ध प्रहरीमै मुद्धा दायर भएको छ । हिरासतमा दलित बेला युवकको मृत्यु भएपछि रौतहटका तत्कालीन प्रहरी प्रमुख रहेका एसपी रविराज खडकासहित ६ जनाविरुद्ध परिवारले आज मुद्दा दर्ता गराएका हुन ।

रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी खड्कासहित इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा मुर्दा दर्ता भएको हो । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय महरा (चमार) को उपचारका क्रममा मृत्यु भएको थियो ।

उनलाई हिरासतभित्र तात्कालिन रौतहट प्रहरी प्रमुख खडकाको निर्देशनमा चरम यातना दिएर हत्या गरिएको परिवारले बताएको छ । मृतकका उनका बाबु पनिलाल महरा चमारले यातना तथा ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गराउनु भएको हो । यातना तथा जइान सम्बन्धी कसुरमा दर्ता भएको सो जाहेरी सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइसकेको छ ।

हिरासतभित्र चरम यातना दिएर हत्या गरेको देखिएपछि संगठनले समेत उनीहरुमाथि कार्वाही अघि बढाएको छ । सो घटनापछि नेपाल प्रहरीले सवैलाई जिम्मेवारीबाट हटाएको हो ।

एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय तानेर छानविन अघि बढाइएको छ डिएसपीसहितका अन्य केहीलाई प्रदेशमा तानिएको छ । हिरासतमा रहेको ब्यक्तिलाई जसरी पनि कसुर स्वीकार गराउन तात्कालिन एसपी खडकाले नै निर्देशन दिएपछि सो घटना भएको बताइएको छ ।