काठमाडौं, भदौ २९ । नेपाल टेलिकमले मंगलवार सेवामा अवरोध आउन नदिन समयमै रिचार्ज गर्न ल्याण्डलाइन र पोष्टपेड मोवाइलका ग्राहकलाई पर्याप्त रिचार्ज गर्न सूचित गरेको छ । बिगतमा झै यस महिनाको भदौ ३० गते मासिक बिल तयार हुने भएकोले सेवामा समस्या आउन नदिन टेलिकमले यस्तो सूचना जारी गरेको हो ।
‘बिगत महिनामा जस्तै यही भदौ ३० गते ल्याण्डलाइन र पोष्टपेड मोवाइलको मासिक बिल तयार हुने भएकोले सेवामा अवरोध आउन नदिन समयमै रिचार्ज कार्ड, अनलाइन भुक्तानी सेवा प्रदायक वा बैंकहरु मार्फत पर्याप्त रिचार्ज गर्नुहुन अनुरोध गरिन्छ,’ नेपाल टेलिकमले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्