जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १५:४०

युवा फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित


काठमाडौं, भदौ ३१

नेपाली अण्डर २३ टोलीका फरवार्ड खेलाडी राजेश परियार भारतीय क्लबमा अनुबन्ध हुनुभएको छ । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्नुहुने भएको हो । भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो ।

उहाँले हिजो सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराउनुभएको थियो । उहाँले प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताउनुभएको छ । एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ए डिभिजन लिग खेल्नुभएको थियो । गत महिना नेपालका युवा स्ट्राइकर अभिषेक रिजाललाई बी डिभिजनकै क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो ।