जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १४:५९

पीएसजी स्टार नेयमारमाथि २ खेलको प्रतिबन्ध


काठमाडौं, असोज १

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ । गएराति भएको मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएका नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीका ३ र मार्सेलीका २ खेलाडीले रातो कार्ड पाएका थिए ।

ईन्जुरी समयमा दुई पक्षका खेलाडीबीच झडप भएपछि रेफ्रिले पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्जावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई रातो कार्ड दिनुभएको थियो । नेयमारले मार्सेलीका अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले मैदानबाहिर पठाउनु भएको थियो । कार्ड पाएका पाँचै खेलाडीमाथि प्रतिबन्ध लगाईएको हो ।

पीएसजीका कुर्जावालाई ६ खेलमा प्रतिबन्ध लागेको छ भने नेयमार र परेडेसलाई समान दुई खेलमा प्रतिबन्ध लागेको छ । मार्सेलीका जोर्डन अमावीमाथि तीन र डेरियो बेनेडेटोलाई एक खेलको प्रतिबन्ध लागेको छ । नेयमारले भने आफूमाथि जातीय टिप्पणी भएका कारण हात उठाएको जनाएका थिए । फ्रान्सेली फुटबल संघले नेयमारले लगाएको सो आरोपमाथि अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्ने जनाएको छ ।