जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार ०९:५७

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक युवकको मृत्यु


चितवन,  असोज २

चितवन मेडिकल कलेजमा उपचारको क्रममा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको अस्ताल स्रोतले जनाएको छ ।

२६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो। उहाँका अनुुसार सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । जिल्लाका मात्रै १७ जना छन् ।