जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १५:०२

चोटका कारण युएस ओपन विजेता ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने


काठमाडौं, असोज २

यूएस ओपन टेनिसकी च्याम्पियन नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने हुनुभएको छ । जापानी खेलाडी ओसाकाले चोटका कारण २७ सेप्टेम्बरबाट सुरु हुने फ्रेन्च ओपन खेल्न नसक्ने बताउनुभएको हो ।

दुई प्रतियोगिताहरु नजिक हुँदा तयारी गर्न र ठीक हुनका लागि पर्याप्त समय नभएको भन्दै फ्रेन्च ओपन नखेल्ने जनाउनुभएको छ ।करियरको तेस्रो ग्रान्ड स्लाम उपाधि उचाल्ने बेलामा ओसाकाले भिक्टोरिया एजारिन्कामाथि १–६, ६–३ र ६–३ को सेटमा हराउनुभएको थियो ।