जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १३:५९

यी हुन ओली सरकारका १ सय ५ काम


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि नेपाल भारत पेट्रोलियम पाइपलाइनको कामले परिणाम दिन थालिसकेको छ । पन्ध्र महिनामै निर्माण कार्य सम्पन्न भई गत बर्षको भदौ २४ गते उदघाटन भएको पाइपलाइनले एक बर्षमा झण्डै एक अर्व रुपैयाँ जोगाएको तथ्यहरु बाहिर आइसकेका छन । ओली सरकारले पेट्रोलियम पाइपलाइन जस्तै थुप्रै परियोजना अघि बढाएको छ । समृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न तल्लिन ओली सरकारले बिरोधीहरुको आरोप र अफवाहको कुनै पर्वाह नगरी बिकाश निर्माणको काम अघि बढाएको तथ्यहरुले नै देखाएको छ ।

ओली सरकार गठन भएपछि मुलुकमा पछिल्ला साँढे २ वर्षको अवधिमा दीर्घकालीन महत्व राख्ने कैयौं काम सुरु भए, भइरहेका छन । प्रतिपक्ष मात्र होइन, पार्टीभित्रैको चरम गुटवन्दीबाट सिर्जित आन्तरिक असहयोग र घेराबन्दी मिलाउनमै ब्यस्त हुनुपरे पनि ओली सरकारले मुलुकका लागि निकै सुधारात्मक फडको मारेको तथ्यहरुले देखाएको छ । सरकार गठन भएपछिको यस अवधीमा ८० प्रतिशत समय पार्टीको बिवाद समाधानमै लाग्नुपरेको यथार्थबीच प्रधानमन्त्री ओलीले मुलुकको बिकाश निर्माणमा अघि बढाउनु भएको काम यसअघिका सरकार भन्दा चौबर देखिन्छ ।

सरकारले केही गरेन भनेर नारा लगाउँदा पनि यसबीचमा भएका यी तथ्यहरुले ओली सरकारले काम गरेकै ग्राफ देखाउँछ । बर्तमान सरकारले दिर्घकालिन हितको काम अघि बढाउँदा बिगतमा आफूले मच्चाएको लुटको स्वर्गमा धावा बोलेको महसुस गरी बिरोध गरे पनि आम नागरिकको मनमा ती कामहरु छाप बनेर बसेका छन । जनताटाइम्स डटकमले ओली सरकारले अघि बढाएको तिनै कामलाई यहाँ आम पाठकको जानकारीका लागि प्रस्तुत गर्ने जमर्काे गरेको छ ।

१. ओली सरकार गठन भएपछि निर्माण सुरु भएको नेपाल–भारत अन्तरदेसीय पेट्रोलियम पाइनलाइन गत बर्षको भदौ २४ गतेबाट सञ्चालन । एक बर्षमै झण्डै एक अर्व जोगिएको छ ।

२. भारतले लामो समयदेखि अतिक्रमण कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ । सबै दललाई सहमतिमा ल्याएर संबिधान संशोधन गरी भूमि फिर्ताको लागि भारतसँग बार्ताको तयारीमा छ । ओली सरकारले त्यसलाई कार्यान्वयन गर्न लागि परेको कारण भारत बार्तामा आउन बाध्य हुने अवस्था छ ।

३. पूर्व–पश्चिम रेलमार्गको ठोस आधार बनेको छ भने बजेटसमेत बिनियोजन गरी निर्माण प्रक्रियाको थालनी भएको छ । जनकपुरको कुर्तादेखि भारतको जयनगरसम्मको रेल मार्ग निमार्ण गरिसकेको छ । दुई ओटा रेल तयार भइ नेपाल आइसकेको छ । अव सञ्चालनको तयारीमा रहेको छ ।

४. चीनको केरुङदेखि काठमाडौंहुँदै पोखरासम्म रेलमार्ग संचालनको लागि काम अघि बढेको छ । चीन सरकारबाट अध्ययन अघि बढेको छ भने रक्सौल–काठमाडौंको लागि भारत सरकारबाट संभाब्यता अध्ययन भइरहेको छ ।

५. नवलपरासीमा फलाम खानी सञ्चालन हुने अवस्थामा पुगेको छ । चीनमा गरिएको अध्ययनमा ब्यावसायिक रुपमा फलाम खानी सञ्चालन हुने देखिएको छ । मुलुकका विभिन्न भागमा सुन, तामा, पेट्रोलियम पदार्थ, युरेनियम लगायतका पदार्थ उत्खननका लागि अध्ययन अघि बढेको छ । दैलेखसमा पेट्रोलियम पदार्थको उत्खननका लागि अनुसन्धान तथा परीक्षण अघि बढेको छ ।

६. विकास निर्माणमा ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकदार कम्पनीलालाई धमाधम कारवाही अघि बढेको छ । मल खरिदमा ढिलाई गर्ने ठेकेदार शारदाप्रसाद अधिकारी र समयमा काम सम्पन्न नगर्ने पप्पु कन्ट्रक्शनसहितलाई कारवाही गरिएको छ ।

७. भगवान रामको जन्मभूमिको बिषयमा नेपालले पहिलो पटक औपचारिक दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्ममूमिबारे दिनुभएको अभिब्यक्तिपछि भारतमा समेत बहश अघि बढेको छ । प्रधानमन्त्री ओलीको यो अभिब्यक्तिसँगै नेपाल र भारतका बिज्ञहरु तथ्य संकलनमा लागेका छन । राम जन्मभूमिबारे अध्ययनसमेत अघि बढेको छ ।

८. बालुवाटार लगायत देशभरका सरकारी जग्गा हडप्नेहरुमाथि कार्वाही अघि बढेको छ भने हालसम्मकै सवैभन्दा बढी जग्गा सरकारको मातहतमा ल्याइएको छ । दोषीलाई कठघरामा ल्याउने कार्य तीव्र रुपमा बढाइएको छ । यो काम अझै जारी नै रहेको छ ।

९. बैज्ञानिक कृषि प्रणालीतर्फ काम सुरु भएको छ ।

१०. साहित्य, संस्कृतिकर्मीमाथि ठोश सम्मानको काम अघि बढेको छ । झमककुमारी घिमिरे प्रतिष्ठानलाई काठमाडौं गोठाटारमा अत्याधुनिक घर निर्माण गरिएको छ । डिल्लीबजारमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान भवन र अन्य पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

११. नेपाली राजनीतिका शिखर पुरुषद्वय बीपी कोइरालाको जन्मस्थल, दुम्जा (सिन्धुली) र पुष्पलाल श्रेष्ठको जन्मस्थल, भँगेरी (रामेछाप)मा स्मृति उद्यान निर्माणको काम अघि बढेको छ ।

१३. प्रधानमन्त्री निवास वालुवाटार आधुनिक तथा सुविधासम्पन्न भवन निर्माणको क्रममा रहेको छ ।

१४. लितपुरको गोदावरीमा तीन हजार सिट क्षमताको सभाहल निर्माणको काम तिव्र गतिमा अघि बढेको छ ।

१५. संघीय संसद भवन र मुख्यमन्त्री आवास निर्माणको काम रफ्तारमा अघि बढेको छ ।

१६. कोरोना भाइरस नियन्त्रणमा दक्षिण एसियामा भुटान बाहेकका देशभन्दा बढी सफलता र कोरोना नियन्त्रण र रोकथाममा सबै भन्दा अगाडि । उपत्यकाभित्र तयार भइरहेका झण्डै ४ हजार बेड क्षमताका क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको निर्माण कार्य । कोरोना बीमाको विशेष व्यवस्था गरिएको छ ।

१७. उपत्यकाका मनोहरा, बाग्मती, हनुमन्तेलगायतका नदीहरुमा कोरिडोर निर्माणको काम अघि बढेको छ । हरियाली पार्क पनि निर्माण हुँदै छ ।

१८. धुलाम्मे र हिलाम्मे काठमाडौँ उपत्यकाका सडक अहिले सुन्दर र मनोरम बनेको छ । काठमाडौ उपत्यकाभित्र हालै मात्र १३० किमि भन्दा बढीमा खाल्डा पुर्ने, रोड मार्किङ गर्ने ओभरलेप र सौन्दर्य गर्ने काम सकिसकेको छ ।

१९. भक्तपुरमा सुविधा सम्पन्न आधुनिक वीर अस्पतालको निर्माण प्रारम्भ भएको छ ।

२०. एनसेल, चौधरी समूहसहित ठूला कर दातालाई कडाईका साथ कर असुली गरिएको छ । कर कार्यालयहरु करदातामैत्री बनाइएको छ ।

२१. पोखरा, भैरहवासहित नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण तिब्र रुपमा अघि बढेको छ । कोरोना महामारीका बावजुद तोकिएको समयमै ती बिमानस्थलको निर्माण कार्य सकिने अवस्थामा रहेको छ ।

२२. राष्ट्रिय गौरवका आयोजनाका कामहरु अरु सरकारका पालामा भन्दा छिटो छिटो अघि बढेको छ । माथिल्लो तामाकोशी लगभग सम्पन्न हुने अवस्थामा पुगेको छ ।

२३. नेपालमा भारत र पश्चिमा शक्ति केन्द्रको अनावश्यक चलखेल नियन्त्रण गर्न ठोश प्रयास अघि बढाइएको छ ।

२४. उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम अघि बढाइएको छ ।

२५. देशको आर्थिक सूचक इतिहासकै उच्च विन्दुमा पुर्याउन सफल । कोरोना प्रहारको बाबजुद पनि अर्थनीति र सूचक सफल रहेको छ ।

२६. पछिल्लो एक वर्षमा देशभर ३४२ पुलहरूको काम सम्पन्न गरिसकेको छ भने अन्य पुलहरूको काम पनि तीव्ररुपमा गरिएको छ ।

२७. उत्पादन क्षेत्रलाई बढी ध्यान दिए देशलाई आत्मनिर्भर बनाउने प्रयास ठोश रुपमा अघि बढाइएको छ ।

२८. शैक्षिक प्रमाणपत्रको आधारमा युवालाई ऋण दिने काम सुरु भएको छ ।

२९. देशभर शिक्षा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिई उच्चतम सन्तुष्टि पनि हासिल गरिसकेको छ ।

३०. देशभरका साना सडकहरुलाई चौडा बनाई सडक विस्तार गरिएको छ । नयाँ सडकहरु पनि बनाउने काम तीव्ररुपमा गरेको छ ।

३१. बाढी पहिरोबाट क्षति हुने सम्भावित क्षेत्रमा रहेका बासिन्दाको बस्ती स्थानान्तरण गरिएको र क्षति पुर्याएका क्षेत्रमा तत्काल राहातको व्यवस्था गरेको छ ।

३२. जुन क्षेत्रमा जे उत्पादन हुन्छ, त्यस्तो क्षेत्रलाई छनोट गरी धेरै मात्रामा उत्पादन गर्ने तयारी गरिएको छ । इलामको चियालाई विश्व बजारमा पुर्याउन उद्देश्य पनि राखिएको छ ।

३३. राउटे समुदायका मानिसहरुलाई पनि समाजमा ल्याई घर बनाइदिएको छ र उनीहरूलाई पनि आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ रोजगारीका क्षेत्रमा पहुँच पुर्याइएको छ ।

३४. भूमि बैंकको स्थापना गर्ने कार्य तीब्र गतिमा अघि बढाइएको छ ।

३५. देशमा लगानी मैत्री वातावरण सिर्जना गरिएको छ । बजेटरी सपोर्टमा दाताहरुले इतिहासमै पहिलो पटक सवैभन्दा बढी सहयोग गरेर नेपाल सरकारप्रति उच्च बिश्वास रहेको प्रमाण दिएका छन । अर्थात सरकार दाताहरुको बिश्वास जित्न सफल भएको छ ।

३६. काठमाडौँ उपत्यकामा चार वटा स्मार्ट सिटीको निर्माण कार्य अघि बढेको छ ।

३७. दरवार हाइस्कुल पुनः निर्माणको कार्य सम्पन्न भएको छ । धरहरा, रानीपोखरीसहित अन्य भुकम्पपछि पुनः निर्माणका कार्यहरुमा पनि अन्तिम चरणमा पुगेको छ । रानीपोखरी मनमोहन बनेको छ ।

३८. अंगिकृत नागरिकता ७ वर्षपछि मात्र पाउने प्रावधान अघि बढाइएको छ । नेपाली पुरुषसँग विवाह भएको अरु देशका महिलाले ७ वर्षपछि मात्र नागरिता पाउने व्यवस्था गरिएको छ । यो बिद्येयक संसदमा पास हुने क्रममा रहेको छ ।

३९. राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत जोखिममा परेका गर्भवती महिलाको उत्थानको कामलाई तीब्रता दिइएको छ । हेलिकप्टरबाट सवा सय भन्दा बढी सुत्केरीको उद्धार तथा उपचारको ब्यवस्था गरिएको छ ।

४०. प्रधानमन्त्री रोजागर कार्यक्रम अन्तरगत प्रत्येक वर्ष करिव ६ लाखलाई रोजगारी । युवालाई गाउँमै काम ।

४१. नेपालमा नै रासायनीक मल कारखाना खोल्ने प्रकृया अघि बढेको छ ।

४२. मानवमुक्त सडक बनाइएको छ ।

४३. विभिन्न मुलुकसँग हवाई उडान सम्झौता भएका छन ।

४४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक निर्माण, आधुनिक, सुविधासम्पन्न, तथा व्यवस्थित बनेको छ ।

४५. विद्युत उत्पादनको व्यापक वृद्धि, लोडसेडिङ अन्त्य भएको छ ।

४६. एसिड पिडितको माग सम्बोधन गरी कठोर कानुन निर्माणको गृहकार्य अघि बढेको छ । एसिडपीडितको उपचारदेखि सवै खर्च राज्यले बेहोर्ने गरी कानून निर्माण भइरहेको छ ।

४७. मुलुकभर फोर जी सेवा विस्तार भएको छ ।

४८. प्रत्येक गाउँपालिकामा १५ सैय्याको अस्पताल अनिवार्य निर्माणको प्रकृया अघि बढेको छ ।

४९. त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण कार्यको शुभारम्भ छ ।

५०. साक्षर नेपालको घोषणा गर्ने तयारी, बालबालिकालाई विद्यालय ल्याऔं, पढाईमा टिकाऔंको अभियान सञ्चालन भइरेहेको छ ।

५१. चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश अभियान सञ्चालन भएको छ ।

५२. नेपालभर ६ सय ७ स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार भएको छ ।

५३. दुई वर्षमा ४ करोड विभिन्न प्रकारका विरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको छ । खाली ठाउँमा फलफूल उत्पादान गर्न सहयोग गरिएको छ ।

५४. सम्पूर्ण जग्गाको वर्गिकरण, कृषियोग्य जग्गाको संरक्षण अभियान सञ्चालन भइरहेको छ ।

५५. मालपोतहरुमा अनलाईन प्रणालीको विकास गरिएको छ ।

५६. कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा–चाँदनीस्थित कञ्जभोगमा सुक्खा बन्दरगाह निर्माणको प्रारम्भको तयारी भइरहेको छ ।

५७. भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाईपलाईनको अध्ययन प्रकृया अघि बढेको छ ।

५८. दुई दशकपछि चीनका रास्ट्रपति सि जिङपिङको नपाल भ्रमण सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत सफल भ्रमण भएको छ ।

५९ १३औं दक्षिण एसियाली खेलकुद साग समप्न्न भएको छ । दुई दशक यता खेलकुद क्षेत्रमा यो ठूलो उपलब्धि हो ।

६०. भुपरिवेष्ठित नेपाललालाई भुजडित मुलुमा रुपान्तरण गर्ने घोषित आकांक्षा पूरा भएको छ ।

६१. विदेशी महङ्गो मदिरा आयतमा रोक लगाइएको छ ।

६२. भारतीय न्युज च्यानलमा बज्ने भारतीय विज्ञापन नेपालमा प्रतिबन्ध लागेको छ । अव कात्तिकदेखि क्लिनफिल्ड लागू हुँदैछ ।

६३. बाढीपहिरो पिडितलाई तत्काल राहत दिने व्यवस्था, उद्दारको काम पनि छिटो छिटो गराइएको छ ।

६४. मेलम्चीको पानी पनि अब छिट्टै आउने तयारी । पानी राखेर परिक्षण पनि गरिसकिएको छ ।

६५. नेपालमा भित्रिएको सलह किराको ब्यवस्थापन राम्रो । अब आउने सलहप्रती सजग हुँदै पुर्व तयारी थालिएको छ । सलह किराले अनुमान गरे भन्दा कम क्षति गरेको र सलक किरा ब्यवस्थापनमा सरकारले छिटो चासो देखाएर काम गरेको हुनाले क्षति कम भएको छ ।

६६. वृद्ध आमाबुबाको स्याहार गर्न हरेक वर्ष वृद्धभत्ता दर बढाइएको छ ।

६७. ओली सरकारकै पालामा नेपालीले बनाएको नेपाली झन्डा अंकित नेपालको स्याटलाइट अन्तरीक्षमा पुगेको छ ।

६८. ओली सरकारले ठुला आयोजनादेखि ससाना विकासका कामहरुलाई पनि ध्यान दिदै स्थानीय तहलाइ विकास निर्माणका कामहरु गर्न प्रेरित गरेको छ । स्थानीय सरकारसँग मिलेर विकास निर्माणका कामहरु तिब्र रुपमा अघि बढाइएको छ ।

६९. लकडाउनले गर्दा लामो समयसम्म शिक्षाबाट टाढा रहेमा विद्यार्थीलाई शिक्षा दिन अनलाइन तथा बैकल्पिक शिक्षा सहजीकरणको व्यवस्था गरिएको छ । जहाँ जे उपलब्ध हुन्छ, त्यही अनुसार शिक्षा लाई प्रभावकारी बनाइएको छ ।

७०.“मधेस एक प्रदेश र जातीय प्रदेश राज्य” हुनबाट नेपाललाई बचाइ संघ, प्रदेश र स्थानिय तह गरि तीन तह रहेको राजनीतिक तथा प्रशासनिक व्यवस्था कार्यान्वयनमा सफल पारिएको छ ।

७१. केपी शर्मा ओली र प्रचण्डको अगुवाइमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र्र एकीकरण गरी दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्नियुस्ट पार्टी स्थापना गर्न सफल भएको छ ।

७२. प्रशासनिक हिसाबले संघीयता कार्यान्वयनमा करिब ९० हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा सफलता मिलेको छ ।

७३. राजस्व अनुसन्धान बिभाग अर्थ मन्त्रालयबाट हटाइ प्रधानमन्त्री कार्यालय अन्तर्गत भएपछि अन्तशुल्क, कर राजस्व तथा भन्सार शुल्क ठगी गर्ने व्यापारी, उद्योगी तथा व्यवसायी लाई बिगो तथा जरिवानासमेत अर्बौं मुलुकको ढुकुटीमा जम्मा गर्न सफल भएको छ ।

७४. दुर्गम र पिछडिएको गाउपालिकामा समेत कम्तिमा एक बैंक को स्थापना गरी बैंकिङ कारोबारको लागि सदरमुकाम जानु नपर्ने ब्यवस्था गरिएको छ ।

७५. यातायातको सिन्डिकेट अन्त्य भएको छ ।

७६. बिगतमा भएका बहुचर्चित सुन कान्डका नाइकेलाई कार्बाही गरी जेल चलान गरिएको छ ।

७७. दसौ जना मानिसलाई जिउदै इट्टा भट्टामा जलाउने अपराधी नेपाली काङ्ग्रेसका नेता पुर्वमन्त्री तथा रौतहटका सभासद अफताब आलमलाई विगतका कुनै सरकारले समाउन गिरफ्तार गर्न र कारबाहीको दायरामा ल्याउन नसकेको अवस्थामा ओली सरकारले कार्बाहीको दायरामा ल्याएको छ ।

७८. पछिल्लो २ बर्षमा राष्ट्रिय राजमार्ग र अन्य सडकमा गरी ३ हजार ६ सय किमि कालोपत्र निर्माण सम्पन्न भएको छ ।

७९. पछिल्लो २ बर्षमा थप १३ सय किमि कालोपत्रेसहित पक्की थप नया सडक निर्माण भएको छ ।

८०. पुर्वमा झपाको बाहुनडांगीदेखि पश्चिममा डडेल्धुराको रुपालसम्म करिब १२ सय किमिको मदन भण्डारी राजमार्ग आयोजना स्वीकृत भई काम सुरु भएको छ ।

८१. पुर्वमा पाचथरको चियो भञ्ज्याङ्देखि पश्चिम् मा बैतडीको झुलाघाटसम्म १८७९ किमि पुष्पलाल मध्यपहाडी राजमार्ग २०७९ सालसम्म कालोपत्रसहित पुरै निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको छ । त्यसमा उल्लेख्य प्रगति समेत भएको छ ।

८२. नेपालको दक्षिणी सिमाबाट निर्माण भैरहेको हुलाकी राजमार्ग ओलीको पालाका तीब्र गतिमा काम भैरहेको छ ।

८३. पछिल्लो दुई वर्षमा विभिन्न नदी र खोलामा गरी ३ सय २५ ओटा पक्की मोटरेवल पुल निर्माण सम्पन्न भएका छन ।

८४. केपी ओली प्रधानमन्त्री भएपछि उत्तर दक्षिण राजमार्गका आयोजनाहरु स्वीकृत गरि कर्णाली करिडोर अन्तर्गत नेपाल चीनको सिमाना हुम्लाको हिल्सेदेखि सुर्खेतसम्मको निर्माण कार्य तीब्रताका साथ भैरहेको छ । गण्डकी करिडोर अन्तर्गत नेपाल चीनको सिमाना मुस्ताङको कोरलादेखि नवलपरासी पुर्वको भैसालोटन सम्मको सडक निर्माण कार्य तिब्र बनेको छ ।

८५. नेपाल चीन सिमाना संखुवासभाको ओलांन्चुगगोलादेखि बिराटनगरको रानीसम्म कोशी करिडोर राजमार्गको काम तिब्र पारिएको छ ।

८६. कोशी र नारायणी नदिमा पानी जहाज संचालन सुरु भएको छ । भारतको ब्रमपुरबाट आउने पानी जहाजको लागि जलमार्ग संबभाब्यता अध्यन गरि डिपिआर तयारीको लागि काम सुरु भएको छ ।

८७. नौबिसे काठमाडौ नागढुङा २.६८ किमि सुरुङ मार्गको काम सुरु भएको छ । बुटबल पाल्पा सडक अर्न्तर्गत २ किमि सुरुङको लागि टेन्डरको काम भएको छ । सिन्धुली अन्तर्गत चियावारि खुर्कोट सुरुङी मार्गको संभाब्यता अध्यन भैरहेको छ ।

८८. २ वर्षमा १४२ वटा तुइन बिस्थपित गरी सबै ठाउमा झोलुङ्गे पुल निर्माण भएको छ ।

८९. दुई वर्षको अबधिमा मात्र थप ९ लाख घरधुरिमा विद्युत सेवा पुर्याइएको छ ।

९०. २ वर्षको अबधिमा ५०० मेगावाट विद्युत निर्माण सम्पन्न भै राष्ट्रिय ग्रिडमा जोडिएको छ । आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत पुर्याउने लक्ष्य छ ।

९१. २ वर्षको अबधिमा विभिन्न नदि तथा खोलाहरुमा नदि नियन्त्रणका लागि एक हजार ७० किलो मिटर बराबर लामो तटबन्ध निर्माण गरिएको छ ।

९२. विश्व बैंकको व्यवसाय सम्बन्धी सूचकांकमा नेपालको व्यवसायीक बाताबरण सुधार हुँदै ११० बाट ९४ स्थानमा आई सुधार भएको छ ।

९३. संयुक्त राष्ट्रसंघीय मानव विकास प्रतिबेदनले मानव बिकास सूचकांक १४९ बाट १४७ स्थानामा उक्लेको छ ।

९४. विधिको शासन सूचकांकमा १२६ देशमध्ये नेपाल ५९ स्थानमा छ ।

९५. श्रमिक, कामदार र मजदुरलाई समेत मध्यनजर राखेर सामाजिक सुरक्षा कोषको स्थापना गरेको छ ।

९६. काठमाडौ निजगढ फास्ट ट्रर्याक नेपाली सेनाद्वारा तीब्र गतिमा भइरहेको छ ।

९७. कालापानी लिपुलेक तर्फबाट नेपाल चीनको सिमाना तिंन्कर भञ्ज्याङ् ताक्लाकोटसम्म ९७ किमि बाटो निमार्णका लागि दार्चुला तिंन्कर सडक नेपाली सेनामार्फत धमाधम काम भैरहेको छ । यो सडक ब्यास गाउपालिका सम्म ५० किमि निर्माण भैसकेको छ ।

९८. पोखरा मुस्ताङ र दाङ स्वर्गद्वारी लामो दुरीको केवलकार संचालन गर्नको लागि डिपीआर तयार भएको छ ।

९९. ललितपुरमा गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ ।

१००. सार्बजनिक खरिद तथा ठेक्का पट्टामा अनियमितता रोक्न र आर्थिक पार्दर्शिता कायम गर्न इजीपी लागू भएको छ ।

१०१. जुम्लामा डाक्टर पढ्ने मेडिकल कलेज संचालनको तयारीमा रहेको छ ।

१०२. भारतको आफ्नो कन्सुलर फिल्ड अफिस बिगत लामो समयदेखि बिराटनगरमा रहेको थियो, हाल सो अफिस हटाएइको छ ।

१०३. महिला उद्यमीलाई ७ लाखसम्म र बिदेशबाट फर्किएका पुरुषलाइ १० लाखसम्म सहुलीयत कर्जा उपलब्ध गराउने सुरुवात भएको छ ।

१०४. प्रत्येक नेपाली नागरिक ले २५०० तिरेर एक लाखसम्मको स्वास्थ बिमा कार्यक्रम सुरु भएको छ ।

१०५. ओली सरकारकै पालामा राजश्व चुहावट रोक्ने भहिकल ट्रयाकिंग सिष्टम लागू भएको छ । जसबाट मासिक करोडौं राजश्व चुहावट हुनबाट जोगिएको छ ।

माथि उल्लेख गरिएका काम प्रतिनिधिमूलक मात्रै हुन । यस्ता कैयांै कामको टिपोट यहाँ छैन । सरकारले अघि बढाएका थुप्रै कामहरु केही समयपछि नै सम्पन्न हुने अवस्थामा छन ।