जनता टाइम्स

७ आश्विन २०७७, बुधबार ०८:२६

एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष कँडेललाई कोरोना पुष्टि


काठमाडौं, असोज ७ । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना भाइरसको संक्रमण भएको छ ।

अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको छ । सोमबार दिउँसो स्वाव परीक्षण गराएकोमा मंगलबार बिहान कोरोना पोजेटिभ देखिएको कँडेलको परिवारले जनाएको छ ।

तर, सँगसँगै स्वाव परीक्षण गराएका उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । सामान्य ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि कँडेल गत बिहीबारदेखि घरमै आराम गरिरहुनु भएको थियो । अध्यक्ष कँडेलले आफुलाई संक्रमण पुष्टि भएका कारण आफ्नो सम्पर्कमा विगत सात दिनदेखि आएका सबैलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गर्नुभएको छ ।
कँडेल मंगलबार नै ह्याम्स अस्पतालमा भर्ना हुनुभएको छ । उहाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । यद्यपी, आफ्नो आवाजमा केही समस्या आएको अध्यक्ष कँडेलले बताउनुभयो ।