जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १३:१७

महेश बस्नेतको ठोकुवा : जति स्यालहुँईया गरे पनि ओली सरकारसँगै जनताको बिश्वास छ


भक्तपुर, जेठ १५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा नेता, महेश बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमको खिल्ली उडाउनेहरुलाई यही जेठ २४ गते भक्तपुरबाटै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेर जवाफ दिने बताउनु भएको छ सूर्यबिनायक नगरपालिका वडा नं. ५ र ७ जोड्ने बुढिगण्डकी खोलाको पुलको आज शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेकपाका नेता तथा सांसद बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु आगामी दिनमा द्रुत गतिमा व्यवहारमा उतार्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको चिया पसलमा बसी विना तलब निशुल्क खिल्ली उडाउने तथा बेरोजगार भई कसैको कुरा काटेर मात्र नवसी २४ गतेदेखि रोजगार बन्नलाई आग्रह समेत गर्नुभयो । ‘चिया पसलमा बसेर आनावश्यक कुरा गर्ने जोक्करहरुको मलाई केही भन्नु छैन, उनीहरुको टिप्पणी गरेर समय खेर फाल्नु जरुरी पनि छैन । जोकरका साथहरुलाई विकास निर्माणका कार्यमा आफ्नो जोकरको भूमिका राम्रो गर्न आग्रह गर्छु,’ बस्नेतले भन्नुभयो ।

प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्य तथा श्रममन्त्रीको विशेष आतिथ्यमा प्रधानमन्त्री रोजगारीको कार्यक्रमको शुभारम्भ हुने जानकारी गराउँदै सांसद बस्नेतले आवेदन दिने सवैले रोजगारी पाउने जानकारी गराउनुभयो । उहाँले स्थानीय जनताको मागको आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुने जानकारीसमेत दिनुभयो । बस्नेतले सामाजिक सञ्जालमा कुनै आफ्नो व्यक्तिगत स्वार्थका कारण सरकारसँग गुनासो गरेको तर आम नागरिकले सरकारप्रतिको विश्वास भने अत्याधिक रहेको ठोकुवा पनि गर्नुभयो । ‘बाहिर स्याल हुँईया जति गरे पनि जनताको बिश्वास ओली सरकारसँगै छ । यही सरकारले जनताको बिश्वासलाई कायम राख्छ,’ बस्नेतले भन्नुभयो ।

आगामी २२ गते वातावरण दिवसको अवसमा सूर्यबिनायक चोकदेखि गणेस्थानसम्मको सफा गर्दै कोटेश्वरदेखि सूर्यबिनायकसम्म ग्रीनरी, सोलार लाईट, आकोशे पुल, वृक्षरोपण गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै उहाँले भक्तपुरमा सडक, खानेपानी, पुल, ढल, भौतिक पूर्वाधार लगायतका विकास निर्माणले व्यापकता तिव्रता पाएको बताउनुभयो । ‘आफ्नो अघि बच्चा बढेको थाहा नहुने तर २र४ वर्षपछि भेटेमा ओहो कति ठूलो भएछ भने जस्तो हुने भएकाले भक्तपुरको विकास पनि २र४ वर्ष पछि आएर हेर्नेले कल्पना गरेभन्दा धेरै विकास हुन्छ, जनताले प्रत्यक्ष रुपमा अनुभुत हुने गरी विकास र समृद्धिका काम हुन्छन,’ बस्नेतको भनाई थियो ।

कटुञ्जे वडा कार्यालयबाट गुमाञ्जु सडक पनि निर्माणको प्रकृयामा रहेको बताउँदै सांसद बस्नेतले कटुञ्जेको वडा कार्यालय अगाडीबाट दधिकोटतर्फ जाने सडक यो पटक ७५ लाख बजेट परेको, दधिकोटदेखि किवाचोक आउने सडकमा उपत्यका प्राधिकरणबाट ९० लाख छुट्याएको तथा केन्द्रीय बजेटमा समाबेश गराउने पहल गरेको जानकारी गराउनुभयो ।

उहाँले खानेपानीको समस्या क्रमिक रुपमा समाधान गर्दै अघि बढेको जानकारी गराउँदै गुण्डु खानेपानीको आयोजनाबाट खानेपानीको समस्या समाधान हुने बताउनुभयो । उहाँले मेलम्चीको खानेपानी भक्तपुरमा पनि उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

भक्तपुरको सम्पूर्ण सडकहरुको गुरुयोजना तयार गर्ने र आगामी पाँच वर्षमा भक्तपुरका सवै सडकहरुलाई कालोपत्रे गरिसक्ने गरी काम अघि बढेको बताउँदै बस्नेतले दिनप्रतिदिन भक्तपुरको प्रगति भइरहेको ठोकुवा गर्नुभयो । । उहाँले हनुमन्ते नदीको करिडोरलाई दुई चरणमा गरी डेढ करोडको बजेट पार्न सफल भएको जनाउँ दिँदै सोही पुलका कारण कोटेश्वरेको जाम अन्त्य हुने बताउनुभयो ।

दुई वटा रणनीतिक सडकहरु राधेराधेदेखि साँगा हुँदै ताथली जाने सडक र चुनदेवी–किवाचोक–दधिकोट – विरुवाहुँदै रानीकोटसम्मको सडकको डिपिआर तयार भइरहेको जानकारी दिँदै बस्नेतले सूर्यबिनायकदेखि लुभुसम्म जाने सडक निर्माणको प्रकृयामा रहेको, बालकोट हुँदै रानीकोटसम्मको सडक १२ करोडको लागतमा निर्माण प्रकृयामा अघि बढेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरका सम्पूर्ण केवल तारहरु अण्डरग्राउण्ड गर्ने काम अघि बढेको जानकारी दिनुभयो ।

कार्यक्रममा सर्यबिनायक नगरपालिकाका प्रमुख बासुुदेव थापाले हिजो हाँसेर उडाउनेलाई काम गरेर झापट दिने बताउँदै विकासमा धोकेवाजको दिन समाप्त भएको घोषणा गर्नुभयो । थापाले सूर्यबिनायक नगरपालिका विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेको जनाउँदै कसैले विरोधले विकास नरोकिने बताउनुभयो ।

एक करोड ३७ लाख ८४ हजारमा निर्माण भएको उक्त पुलको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यबिनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटा्लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।