जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १०:०२

परस्त्रीसंग रंगेहात फेला परेका पुरुषले पाँचौं तलाबाट हाम फालेपछि


काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण धेरैका घरमा समस्या आएका छन् । आफ्नो परिवारसंग सन्तोष नभएर अर्कालाई ताक्दा एक पुरुषको ज्यान गएको छ । श्रीमान नभएको बेलामा अर्का पुरुषलाई घरमै बोलाएर रोमान्स गरेकै बेलामा श्रीमान आइपुगेपछि भाग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा पुरुषको ज्यान गएको छ ।

यो घटना भारतको दिल्लीको हो । दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आपत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए । ढोकामा चुकुल लगाउन समेत विर्सिएर उनीहरु एक अर्कामा लिप्त हुँदै थिए । त्यही बेलामा श्रीमान आएको पनि थाहा पाएनन् ।

जब श्रीमानलाई ढोकामा देखे ति पुरुष हतार-हतार भाग्ने क्रममा भवनको पाचौं तल्लाबाट हाम फाले । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । तर अस्पतालमा लगिएपनि उनको ज्यान भने जोगिएन । श्रीमानले रंगेहात देखेपछि देह त्याग गर्ने प्रयास गरेकी श्रीमती भने जोगाइएको छ । ति महिलालाई श्रीमान र उनका प्रेमीले बचाएका थिए ।

श्रीमान घर बाहिर गएको मौकामा अर्का पुरुषलाई घरमै बोलाउँदा यस्तो अवस्था आएको हो । बाहिर गएका श्रीमान खबरै नगरी घर फर्कदा श्रीमतीलाई रंगेहात देखेका थिए । कोठाभित्रबाट चुकुल नलगाएको अवस्थामा उनीहरु रमाइरहेका थिए । प्रहरीले तीनै जनाको मोबाइल फोन ज फ त गरेर अनुसन्धान जारी राखेको जनाइएको छ ।