जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार ११:४९

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्विकृति लगायतका सेबा बन्द


काठमाडौं, असोज १४

वैदेशिक रोजगार कार्यालय ताहाचलका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाबाट दिने सबै सेवा बन्द भएको छ ।

मंगलबार कोरोना संक्रमण देखा परे पछि श्रम स्वीकृतिदिने काम बन्दगरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो । एक जनाकर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अरु कर्मचारीको पनि पिसीआर परिक्षण गर्नु पर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा वन्दगरिएको महानिर्देशक दाहालले बताउनु भयो । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।