जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार ०९:१२

बजेटमा तीव्र आर्थिक विकासको गति समेटिएको छ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे


काठमाडौं, जेठ १६

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले तीव्र आर्थिक विकासको गतिलाई समेटेर बजेट ल्याएको बताउनु भएको छ । सत्तारुढ नेकपाका नेतासमेत रहनुभएका पूर्वअर्थमन्त्री पाण्डेले बजेटमा समावेश गरिएका आयोजनाको कामलाई सम्पन्न गर्न स्रोतको अभाव नभएको बताउनु भयो ।

स्रोत हेरेरै बजेट आएकाले कार्यान्वयन हुँदैन कि भनेर शंका गरिरहन नपर्ने उहाँको भनाइ छ । नेता पाण्डेले बजेटमा धेरै आयोजना भएकाले त्यसको कार्यान्वयनमा भने सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो ।