जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार ०७:१६

चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण


चितवन, असोज २७ । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् । संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन् ।भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै माडी कि १ महिला, खैरहनीका १ पुरूष, रत्ननगरका २ पुरूष र इच्छाकामनाका १ पुरूषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड९१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।