जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार ०७:१८

तीन प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान


काठमाडौँ, २७ असोज । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा आंशिक बदली भएको छ । उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बदली भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।