जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १७:११

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटूजीबाट संचालन गर्ने सरकारको निर्णय


काठमाडौं 

सरकारले यसैवर्षभित्र संचालनमा ल्याउने तयारी गरिरहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकार–सरकारबीचको सम्झौताबाट गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएको छ । सरकारले सो विमानस्थल संचालनका लागि यसअघि देखी नै साझेदार खोजी गर्दै आईरहेको थियो । सोही विमानस्थलको साझेदार खोज्न तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी जर्मनी जाने अघिल्लो हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि मन्त्रालयले अब सूचना निकाली ईच्छुक देशहरूलाई जानकारी गराउने छ। त्यसमा आएकाहरूसँग छलफल गरी लाभदायक प्रस्ताव राख्ने देशको निकायलाई सञ्चालनको जिम्मा दिइने छ। धावनमार्ग निर्माण भइसकेको उक्त आयोजना असोजसम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।