काठमाडौं, कात्तिक २
एन्फा एकेडेमीको पहिलो ब्याचको अगुवाईमा कोरोना महामारीका कारण नेपालमा नै अड्किएका विदेशी खेलाडीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न संस्थाले प्रदान गरेको तीन लाख ८ हजार रुपैया नेपालमै रहेका २९ विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो ।
नेपालमा हुने फुटबल खेल्न आएका विदेशी खेलाडी लकडाउन हुँदा नेपालमा नै अड्किएका र प्रतियोगितहरु नहुदा उनीहरु आर्थिक समस्याबाट पनि गुर्जिरहेका थिए । सोही अवस्थालाई मध्यनजर गर्दै अमेरिकामा बस्दै आएका विभिन्न पूर्व खेलाडी विशेषगरी दिपकुमार राईको पहलमा अनलाइनमार्फत फन्ड उठाएका थिए । उक्त रकम एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट शनिबार हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्