जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार १२:२७

राष्ट्रपतिबाट पुनःनिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन (भिडियोसहित)


काठमाडौं, कात्तिक ५

राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएर पुनःनिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुको उपस्थितिमा उहाले रानीपोखरीको उद्घाटन गर्नुभएको हो ।

राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाउनु भएको थियो । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।