जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार १७:५८

बागमति प्रदेश सरकार र राष्ट्रिय बाणिज्य बैंक ‘स्टार्ट–अप आईडिया कल’ सम्झौता, उद्यमी बन्ने युवालाई १ देखि ३ प्रतिशत व्याजदरमा ऋण


काठमाडौं, कात्तिक ५

उद्यमी बन्न चाहने युवाहरूको लागि स्टार्टअप आईडिया कलिंग सुविधा हुने भएको छ । आज भएको स्टार्ट अप कल सम्झौताले युवालाई ऋणमा सहज हुने भएको हो । बाणिज्य बैंकले उद्यमी बन्न चाहने युवालाई १ देखि ३ प्रतिशत व्याजदरमा रकम सहयोग गर्ने भएको हो ।

वाग्मती सरकारका युवा, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रुपमा गरेको सम्झौताले युवालाई सहयोग हुने भएको हो । नयाँ यस प्रस्तावको सम्बन्धमा सहमति पत्रमा तिनै समूहले हस्ताक्षर गर्नुभएको छ ।

बागमती प्रदेशका उद्योग, पर्यटन, वन र पर्यावरण मन्त्री अरुण नेपालको विशेष उपस्थितिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगाना, प्रतिनिधि महा निरंजन क्षेत्र, राष्ट्रिय वाणिज्य बैंकका मुख्य कार्यकारी अधिकारी किरणकुमार श्रेष्ठ र विशाल फाउंडेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।