जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १०:१४

बालकुमारीमा पिकअप भ्यानले ठक्कर दिदाँ एक जनाको मृत्यु, अर्को एक घाइते


काठमाडौं, कात्तिक ६

ललितपुरमा आज मोर्निङ वाकमा निस्केका दुई जनालाई पिकअप भ्यानले ठक्कर दिएको छ । ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार जीपको ठक्करबाट बाबुकाजी महर्जनको निधन भएको छ भने इमाडोलका ७० वर्षीय भाटलाल महर्जन घाइते छन् । उहाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिएपछि फरार भएको बा १२ च ४२२८ नम्बरको पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको छ । सो जीप रोकिरहेको अवस्था भेटिएको र चालक भने फरार रहेको प्रहरीको भनाई छ ।