जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १५:३१

चितुवाको आक्रमणबाट तीनजना घाइते, दुई जनाको अवस्था गम्भिर


किमाथाङ्का, कात्तिक ६

संखुवासभाको धर्मदेवी नगरपालिका–४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली रहेका छन् । धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए ।

प्रतिकार गर्नेक्रममा घाइते भएका मध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ । चितुवाले हुम्लिङमा १३ खसीबाख्रा पनि मारेको छ । श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र लीला श्रीपालीका पाँच बाख्रा मारिएको उहाँले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो ।