काठमाडौं, कात्तिक ७
पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले पर्साको घटनामा मुकेश चौरसीयाको हत्या भएको बताउनुभएको छ । उहाँले नेकपा जिल्ला पार्टी कमिटी, पर्सालाई यस घटना घटाउने अपराधि व्यक्ति एवम् समूहको पहिचान गरी कडा भन्दा कडा कार्वाही गराउन कमिटीले विशेष पहलकदमी लिन जिल्ला कमिटीको विशेष ध्यानाकर्षण गराउनुभएको छ ।
हिजो पर्साको विन्दवासिनीमा गाउँ पार्टी कमिटीको सपथग्रहण कार्यक्रम चलिरहेको स्थानमा अपराधिक समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा गम्भिर घाइते मुकेश चौरासियाको आज मृत्यु भएको छ । नेता नेपालले चौरासियाको हत्या गरेको र कतिपयलाई घाईते बनाएको भन्दै आफू यस खवरले स्तब्ध एवम् दुखित भएको बताउनुभएको छ । उहाँले दिवंगत चौरासियाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने/गराउने व्यक्ति एवम् समूह जुनसुकै आवरणमा बसेको भएपनि त्यस अपराधिक व्यक्ति एवम् समूहलाई किमार्थ क्षमा दिन सकिदैन

उहाँले जिल्ला कमिटिलाई पठाउँनु भएको सन्देशमा लेखिएको छ, ‘पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने/गराउने व्यक्ति एवम् समूह जुनसुकै आवरणमा बसेको भएपनि त्यस अपराधिक व्यक्ति एवम् समूहलाई किमार्थ क्षमा दिन सकिदैन । अतः उक्त घटना घटाउने अपराधि व्यक्ति एवम् समूहको पहिचान गरी कडा भन्दा कडा कारवाही गराउन जिल्ला कमिटीले विशेष पहलकदमी लिन जिल्ला कमिटीको विशेष ध्यानाकर्षण गराउँछु ।’












प्रतिक्रिया दिनुहोस्