जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १२:२३

कात्तिक यता सवा दुई लाखले काठमाडौं छाडे, आज विहान सबैभन्दा बढि बाहिरिए


काठमाडौं, कात्तिक ८

बडादशैं सुरु भएयता आज विहानसम्म करिव सवा दुई लाखले काठमाडौं छाडेका छन् । यो विगतको वर्ष भन्दा निक्कै कम हो । लकडाउन खुलेपछि पनि धेरै बाहिरिएको र हाल काठमाडौं उपत्यकामै दशैं मनाउने धेरै रहेको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा ४८ हजार ९८ जनाले काठमाण्डौ छाडेका छन् । यसअघि सप्तमीको दिन ३३ हजार ४ सय ४६ जनाले उपत्यका छाडेका थिए । घटस्थापनाको दिन २१ हजार ६ सय २ जना उपत्यका बाहिर गएकामा त्यसयता दैनिक बढ्दै गएको हो । द्वितीयामा २१ हजार ४ सय ७८ जना, तृतीयामा २३ हजार ३ सय ९२ जना, चतुर्थीमा २३ हजार ३ सय ८३ जना, पञ्चमीमा २२ हजार २ सय ९९ जना र षष्ठीमा २५ हजार २ सय १८ जना काठमाण्डौ उपत्यकाबाट बाहिर गएका छन् ।

योसँगै दशैँको ८ दिनमा २ लाख १८ हजार ९ सय १६ जनाले उपत्यका छाडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो वर्षको दशमी सोमबारपरेकाले आज र भोलि पनि धेरैले उपत्यका छाड्नेको अनुमान गरिएको छ । गएका वर्षहरुमा घटस्थापनापछि दैनिक एक लाखभन्दा धेरैले उपत्यका छाड्ने
गरेका तथ्याङक छ ।