जनता टाइम्स

१० कार्तिक २०७७, सोमबार ११:१२

राष्ट्रपतिबाट शुभसाइतमै टीका ग्रहण


काठमाडौं, कात्तिक १०

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभयो । कोरोना महामारीका कारण राष्ट्रपतिले यसपटक भने बडादशैंमा सर्वसाधारणलाई टिका नलगाई दिनुहुने भएको छ । साथै उहाले सकेसम्म आफ्नो घरमा मात्रै टिका लगाउन आग्रह समेत गर्नुभएको छ ।