जनता टाइम्स

१० कार्तिक २०७७, सोमबार १३:३३

प्रधानमन्त्री ओलीले प्रथम महिला शाक्यलाई टीका लगाएर मनाउनु भयो दशैं


काठमाडौं, कात्तिक १०

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला (श्रीमती) राधिका शाक्यलाई आज बडा दशैंको टीका लगाइदिनु भएको छ । कोभिड–१९ संक्रमणका कारण उहाले आज आफ्नै परिवारसँगमात्रै टीका लगाउनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीले प्रथम महिला शाक्यलाई प्रधानमन्त्री निवास बालुवाटारमा बडादशैंको टीका लगाई दिएको जानकारी दिनुभयो । यसपाली बडा दशैंलाई कोभिड–१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबोधन गर्दै विशेष आग्रह समेत गर्नुभएको थियो ।

उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दशैं टीका कार्यक्रम नराख्न समेत निर्देशन दिनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।