जनता टाइम्स

१० कार्तिक २०७७, सोमबार १५:५०

राष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीद्वारा बडा दशैंको टीका ग्रहण


काठमाडौं, कात्तिक १०

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दशैको टीका ग्रहण गर्नुभएको छ । शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

त्यस क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनु भएको छ । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराकने माला ग्रहण गर्नुभयो ।

प्रधानमन्त्रीज्यूका पिताजी मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएको हुनाले उहाले टीका ग्रहण गर्न पाउनु भएको थिएन् । यद्यपी प्रधानमन्त्री ओलीले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिनु भएको थियो ।