काठमाडौं, कात्तिक ११
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यस वर्षको चियापान कार्यक्रम स्थगित भएको छ । नेकपाले बडादशैं २०७७, तिहार, नेपाल सम्वत् नव वर्ष, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा प्रत्येक वर्ष चियापान गर्दै आएको थियो ।
यसवर्ष भने कोभिड–१९ महामारीका कारण चियापान कार्यक्रम स्थगित गरिएको कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोभिड–१९ महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विज्ञप्तीमा भनिएको छ ।
यसअघि नेपाली कांग्रेसले पनि कोभिडको कारण देखाउदै चियापान कार्यक्रम स्थगित गरिसकेको छ । दलहरुले दशैं लगत्तै सबै चाडपर्वको अवसर पारेर चियापान कार्यक्रम गर्दै आईरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्