जनता टाइम्स

१२ कार्तिक २०७७, बुधबार १५:०६

सर्‍यो नेकपा केन्द्रीय कमिटी बैठक, यस्तो छ कारण


काठमाडौं, कात्तिक १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिना पर सरेको छ । यही कात्तिक १५ का लागि तय गरिएको केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सरेको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव इश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्तिमार्फत केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिनुभएको हो । ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ रिजाल र ढकालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेका एजेण्डामाथि छलफल तथा चैत्र महिनामा गर्ने भनिएको महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो । तर पछिल्लो दिनमा कोरोना संक्रमण बढदै गएको र नेताहरुसमेत संक्रमित बनेर आइसोलेशनमा रहेको कारण बैठक एक महिना पर सारिएको हो ।